प्राधिकरणका सिईओ ज्ञवाली हटाइए, पोखरेल नियुक्त


काठमाडौं, २७ पुस ।
सरकारले पुर्ननिर्माण प्राधिकरणको सिईओबाट सुशील ज्ञवालीलाई हटाएको छ । राजनीतिक प्रतिशोधका आधारमा ज्ञवालीलाई हटाएर कांग्रेस निकट डा.गोविन्द पोखरेललाई नियुक्त गरिएको छ ।  

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले दुई पटक सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै  हटाउने गर्ने निर्णय गरेको  संचारमन्त्री राम कार्कीले बताए ।  
तीन साताअघि सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ज्ञवालीलाई गत शुक्रबार सरकारले ‘तपाईंलाई किन नहटाउने ?’ भन्दै पुनस् पत्राचार गरेको हो । ज्ञवालीले भने आफूले उल्लेख्य काम गरेको दाबी गर्दै सरकार नै असहयोगी भएको आरोप लगाएका थिए । आफुलाई बिना कारण हटाएको भन्दै अदालत जाने तयारी गरेका छन् । 

Related News