​बिद्युत प्राधिकरणद्धारा २ सय ७७ कर्मचारी माग


काठमाडौं, २७ पुस । 
नेपाल विद्युत प्राधिकरणले २ सय ७७ जना कर्मचारी माग गरेको छ ।    अघिकृत स्तर (९ तहसम्म) देखि चालक (तह ३) सम्म गरी २ सय ७७  पदका लागि बुधबार सूचना निकालेको छ ।   
प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी माग गरेको छ । त्यस्तै  े सहायक स्तरमा मिटररिडिङ सुपरभाइजर (तह ५) ६ जना, माग गरेको छ । यस्तै लेखापाल (तह ५) मा ११ जना, सुपरभाइजर (तह ५) मा ४ जना जनशक्ति माग गरेको छ ।  
पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार सुपरभाइजर सिभिल (तह ५) मा २ जना, सिनियर हेवी इक्वीपमेन्ट अपरेटर (तह ५) मा ४ जना, सिनियर मिटर रिडर (तह ४) १५ जना कर्मचारी माग गरेको छ ।  
सहायक लेखापाल (तह ४) मा २६ जना, फोरमेन (तह ४) मा ५३ जना, फोरमेन सिभिलमा १ जना, फोरमेन ड्राइभरमा ३ जना कर्मचारीमा माग गरेको छ ।  
मिटररिडर (तह ३) मा २१ जना, इलेक्ट्रिसियन (तह ३) ४६ जना, जुनियर मिस्त्री (तह ३) १ जना कर्मचारी प्राधिकरणले माग गरेको छ । तह ३ को ड्राइभरका लागि ५ जनाको माग प्राधिकरणले गरेको छ । समावेशी समानुपातिक प्रणाली अनुसार पदपूर्ति हुनेछ ।  
दरखास्तका लागि अधिकृत स्तर तह १० का लागि दरखास्त शुल्क १५५० सय लाग्नेछ । तह ९ का लागि १२५०, तह ८ का लागि १०५०, तह ७ का लागि ९५० लाग्नेछ । यस्तै तह ५ मा ६२५, तह ४ मा ४२५, शुल्क लाग्ने प्राधिकरणरले जनाएको छ ।  
दरखास्त फाराम नेपाल विद्युत प्राधिकरणको वेबसाइटबाट डाउनलोड गरी कर्मचारी पदपूर्ति माग गरिएका क्षेत्रीय कार्यालयमा समेत बुझाउन सकिनेछ ।  दरखास्तको समय माघ २७ गतेसम्म तोकिएको छ ।  दोब्बर दस्तुरमा फागुन ५ गतेसम्म फाराम बुझाउन सकिनेछ । दरखास्तसाथ पासपोर्ट साइजको फोटो तीनप्रति, नागरिकताको प्रमाणपत्र र न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक पर्ने प्राधिकरणको सूचनमा उल्लेख छ । 

Related News