​नेपाल समूह ‘ए’ मा

दृष्टि न्यूज

काठमाडौं । नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बंगलादेश फुटबल महास्रघले आइतार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन् । 
पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हँदैछ । नेपाल बङ्गबन्धु कपको अघिल्लो संस्करण सन् २०१६ को विजेता हो । बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । 

Related News