नेपाल जिम्बाब्वेसँग पराजित

दृष्टि न्यूज

काठमाडौं, २० फागुन । 
आइसिसी विश्वकप छनोटअन्तर्गत आइतवार भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनको भारिलो अन्तरले पराजित भएको छ । 
३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सफल भएको थियो । टेष्ट मन्यताप्राप्त राष्ट्रसँग नेपालको खेल चुनौतिपूर्णै मानिदै आएको थियो । नभन्दै आईतवार नेपाली क्रिकेट खेलप्रेमीहरुलाई निराश पार्दै पराजित हुन पुगकोे हो । 
जिम्बाब्वेस्थित क्वीन्स स्पोटर््स क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारि ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो । उच्च स्कोर बनाउन सफल हुनु नै जिम्वावेको लागि जित सरह थियो । नेपाली क्रिकेटर टोली आईतवार उच्च मनोवलका साथ खेल्न नसक्दा पराजय भोग्नु परेको विश्वास गरिएको छ । 

Related News