परराष्ट्रमन्त्री ज्ञवाली सोमवार बेईजिङ जाँदै

चीनको पूर्ववत धारणा परिवर्तनको संकेत !

दृष्टि न्यूज

दृष्टिन्यूज
काठमाडौं, ३० चैत ।
बाआओ फोरममा नेपालले सहभागिता नजाएपछि चीनले नेपालप्रतिको पूर्ववत धारणामा परिवर्तन गरेको संकेत गरेको छ । प्रधानमन्त्रीले चीन भ्रमण गर्ने चर्चा चलिरहेको बेला चीनले भने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई मात्रै बोलाएपछि चीनले आफ्नो धारणामा परिवर्तन गरेको संकेत गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोआओ फोरममा चीनले जसरी पनि सहभागी गराउन गरेको भगिरथ प्रयासलाई काठमाडौंस्थित परराष्ट्र मन्त्रायले चासो नदिएपछि बोआओ फोरम फर एसिया नामक विश्वकै ठूलो अन्तर्राष्ट्रिय फोरम नेपालले उपयोग गर्न चुकेको थियो । नेपालले स्थापनाकालदेखि नै सहभागी हुँदै आएको अन्तर्राष्ट्रिय फोरमकै अवसरमा नेपालले प्रधानमन्त्रीर्लाइ भारत भ्रमणमा पठाएर बोआओ फोरममा प्रतिनिधि विहिन बनाएको बारे बेईजिङमा चर्चा भएको सूत्रको दावी छ । सो सम्बन्धमा चीनले नेपालको धारणा बुझ्न चाहेको र त्यसका लागि प्रधानमन्त्री नभई परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई बेईजिङ निमन्त्रणा गरिएको छ । बेईजिङमा केही प्रोफेर तथा थिङ्कट्याङ्कहरुले परराष्ट्र मन्त्री ज्ञवालीसँग गम्भिर वार्ता गरेपछि मात्रै चीनले सुदृढ धारणा बनाउने पक्षमा रहेको चीन निकटका जानिफकारहरुको दावी छ । यसअघि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा त्यहाँका सञ्चार माध्यमहरुले चीनले अघि सारेको वान वेल्ट वान रोडका विरुद्धमा नेपालले भारतसँग मिलेर काम गर्ने समाचार प्रकाशित गरिएका थिए ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सोमबार चीन जाने कार्यतालिका तय भएको छ ।  चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा ज्ञवालीले सोमबारदेखि चीनको पाँच दिने भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै भ्रमणको जानकारी गराएको हो । मन्त्री ज्ञवालीले बैशाख ३ देखि ८ गतेसम्म भ्रमण गर्ने र त्यस अवसरमा उच्च द्धिपक्षीय वार्ता हुने उल्लेख छ । तर, त्यसअघि नै प्रधानमन्त्री ओलीलाई पनि चीन भ्रमणको निम्तो दिइसकिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा एक टोली बेईजिङ पुगेर चिनियाँ अधिकारीहरुसँग द्धिपक्षिय चासोका विषयमा छलफल हुने जनाइएको छ ।
रराष्ट्र मन्त्री ज्ञवालीको चीन भ्रमणलाई प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका रुपमा हेरिएको छ । प्रम ओलीले छिमेकी राष्ट्रसँग पारस्परिक लाभ र सम्मानका आधारमा सम्वन्ध सुदृढ पारिने बताउँदै आएका छन् । 
प्रधानमन्त्री ओली चीनसँगको सम्बन्ध थप विस्तार सुदृढ बनाउने पक्षमा रहेको भएपनि परराष्ट्र मन्त्रालयले सन्तुलित भूमिका खेल्न अझै धेरै प्रयास गर्नुपर्ने विश्लेषकहरुको भनाई छ । लामो समय गाईडेड भएर काम गरेको परराष्ट्र मन्त्रालयका कर्मचारीहरुमाथि देशको सूचना विदेशीलाई बिक्री गरेको आरोप समेत लाग्ने गरेको छ । 

Related News