नेपालद्वारा चीन १० विकेटले पराजित

दृष्टि न्यूज

काठमाडौं । 
नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ अन्तर्गतको खेलमा नेपालले चीनलाई लज्जास्पद हार चखाएको छ । नेपाललाई चीनलाई विकेट पतन बिना नै पराजय गर्न सफल भएको हो । यससँगै नेपालले लगातार पाचौं विजय हात पारेको छ । 

मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङमा आएको चीन १३ ओभरमा २६ रनमा अलआउट हुन पुगेको थियो । नेपालले ११ बलमै लक्ष्य पुरा गरेर जित हात पारेको हो ।

खेलमा नेपालको तर्फबाट विनोद भण्डारीले ८ बलमा २४ रन बनाएपछि नेपालले २ ओभर भित्र लक्ष्य पुरा गर्न सफल भएको थियो । उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरीले ३ बलमा ४ रन बनाए । 

चीनको तर्फबाट एचजे ज्यानले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् भने आठ ज ना खेलाडी शुन्यमा आउट भएका थिए । 

Related News