​ अफगानिस्तानसँग नेपालको लज्जास्पद हार


काठमाडौं, ५ साउन 
एसिसी यू–१९ बिश्वकपको छनोट खेलमा नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको छ ।   अफगानिस्तानले नेपाललाई १९१ रनको लक्ष्य  पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै अलहाउट हुन पुग्यो ।   नेपालका तर्फबाट पवन सर्राफले सर्वाधिक २६ रन बनाएका थिए । हारसँगै यू–१९ बिश्वकप खेल्ने नेपालको सम्भावना कम भएको छ । 
सिंगापुरमा जारी प्रतिस्पर्धामा अफगानिस्तानलाई नेपालले २ बल बाँकी रहदा १९० रनमा अलहाउट गरेको थियो । प्रतिस्पर्धामा बलियो टिम मानिएको अफगानिस्तानले बलियो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यानलाई नेपाली बलरले सस्तैमा अलआउट गरेका थिए । 
नेपालका तर्फबाट साहब खानले सर्वाधिक ३ बिकेट लिएका थिए । त्यस्तै कप्तान सन्दीप लामिछाने र पवन सर्राफले २÷२ विकेट लिए । बलियो बलियो रहेको नेपाली टिम ब्याटीङमा भने कमजोर छ । नेपालले यसअघि सिंगापुर र मलेसियलाई हराइसकेको छ । प्रतिस्पर्धामा सहभागी चार राष्ट्रमध्ये अंक तालिकमा  शीर्ष स्थानमा नम्बरमा रहने बिश्वकपका लागि छनोट हुने छ ।  अफगानिस्तानसँग हारेपछि नेपालको बिश्वकप खेल्ने सम्भावना कमजोर भएको छ । 

Related News