नयाँ तीन हवाई नाका खोल्न नेपाल–भारतबीच वार्ता

दृष्टि न्यूज

काठमाडौं ।
नेपाल र भारतबीच नयाँ हवाई मार्ग खोल्ने सम्बन्धमा काठमाडौंमा वार्ता भएको छ । नयाँ हवाई प्रवेश विन्दुको विषयमा नेपाल र भारतका नागरिक उड्डयन अधिकारीहरुबीच आज काठमाडौंमा वार्ता भएको हो । वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली र भारतीय नागरिक उड्यनको प्राविधिकणको प्राविधिक टोली सहभागी छ । टोलीले नेपाल र भारतबीचमा नयाँ हवाई प्रवेश विन्दु खोल्ने विषयमा केन्द्रीत भएर छलफल भएको छ । 
वार्ताको क्रममा धनगढी र भैरहवाबाट नेपाल–भारत बीचमा नयाँ हवाई मार्ग प्रवेश विन्दु खोल्ने विषयमा केन्द्रीत रहेको जनाइएको छ । हाल नेपालगन्ज र सूदुरपश्चिमको महेन्द्रनगरबाट नेपालबाट बाहिर निस्कने विन्दुका रुपमा मात्रै प्रयोग हुँदै आईरहेको हवाई मार्गलाई दुईतर्फी बनाउने र भैरहवा तथा जनकपुरमा नयाँ प्रवेशमार्ग खुल्ला गर्ने विषयमा छलफल भएको जनाइएको छ । पश्चिमको महेन्द्रनगर र नेपालगन्जबाट प्रवेश विन्दु नहुँदा पश्चिम क्षेत्र नयाँदिल्ली तथा खाडी मुलुक हुँदै आउने जहाजहरु भारतको लखनऊ पुगेर मात्रै नेपाल आउने गरेका छन् । 
बैठकमा आगामी वर्षदेखि सञ्चालनमा आउने भैरहवा विमानस्थलका लागि प्रवेश विन्दु दिने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ । नयाँ हवाई रुट सम्झौतामा भएमा नेपाल आउने अन्तर्राष्ट्रिय उडानका जहाजलाई समय कम लाग्नेछ, जसबाट हवाई भाडा समेत सामान्य घट्ने सक्नेछ ।
त्यसो त नेपालले प्रवेश विन्दु मागे पनि नेपालले पूर्वाधार विकास गर्नु धेरै बाँकी छ । महेन्द्रनगरबाट प्रवेश विन्दु मागेपनि सुरक्षाको लागि प्रभावकारी राडार जडान गरेको छैन । सुर्खेतदेखि पश्चिम भारतको नयाँदिल्लीमा रहेको राडारले नै जहाजको मनिटरिङ गर्ने गरेको छ । हवाई सुरक्षाको सम्बन्धमा नागरिक उड्डयन अधिकारीहरुको उचित ध्यान नपुग्दा नेपाल आकाशमा भारतीय राडारले जहाज मनिटरिङ गर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ । वार्तामा प्रवेश विन्दुमा समझदारी भएसँगै नेपालले आफ्नो सीमा क्षेत्रमा हवाई सुरक्षाको लागि पूर्वाधार विकास गर्न ठोस योजना बनाउनुपर्ने देखिन्छ । 

Related News