​बाफलमा इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

दृष्टि न्यूज

काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटोस्थित बाफलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरेका छन् ।
कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुञ्चा हाउसमा सञ्चालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको जनाइएको छ । योसहित नेपाल इन्भेष्टमेण्ट बैंकको ७७ वटा शाखा रहेको छ ।
सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले  वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको छ । 
आठलाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १०३ वटा एटिएम पुगेको छ भने ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेका छन् । बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा ९ वटा राजश्व संकलन केन्द्रका अलावा बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । 

Related News