नेपालको बिश्वकप सपनामा धक्का, हङकङसँग पराजित

काठमाडौं, २७ असोज । 
बिश्व क्रिकेट लिग च्याम्पियनसीप अन्र्तगत शुक्रबारको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपालले ८३ रनले पराजित गरेको छ । 
हङकङले नेपाललाई एक सय ९५ रनको लक्ष्य दिएको थियो । तर नेपाली ब्याट्सम्यानहरु ३४.५ ओभरमा १११ रन बनाएर अलआउट भए । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । 
नेपालले अर्काे खेल आइतबार हङकङसँग खेल्दै छ । शुक्रबारको खेल नेपालका लागि जित्नैपर्ने थियो । बिश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल छैंठौं स्थानमा छ । टप ४ मा पर्ने टिम मात्र बिश्वकपमा छनोट हुने छन् । 

Related News