नेपाल–न्युजिल्यान्ड सोसाइटीमा श्रेष्ठ


काठमाण्डौं भदौ १ ।
न्युजिल्यान्डमा बसोबास गर्ने नेपालीको सभाले नेपाल–न्युजिल्यान्ड सोसाइटीका अध्यक्षमा मनोहर श्रेष्ठलाई निर्वाचित गरेको छ । 
नौ सदस्यीय कार्यसमितिका उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा विनोद भौकाजी, उपसचिवमा अर्चना श्रेष्ठ भुजु र कोषाध्यक्षमा इन्द्र पोखरेल तथा सदस्यमा प्रभा उप्रेती, सुजन गुरुङ, कृतिका श्रेष्ठ गौली र लक्ष्मण श्रेष्ठ रहनुभएको छ । 
भेलामा अध्यक्ष श्रेष्ठले न्युजिल्यान्डमा रहेका नेपालीबीच भाइचाराको सम्बन्ध र सामूहिक हितका साथ नेपाल–न्युजिल्यान्ड सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । 
सचिव भौकाजीले न्युजिल्यान्डमा नेपाली संस्कृतिको संरक्षण तथा प्रचारप्रसारसागै नेपाली र न्युजिल्यान्डवासी (किवी)बीचको सम्बन्ध सुदृढ गरी नेपाल भ्रमणका लागि किवीलाई उत्प्रेरित गरिने बताउनुभयो । 
सन् १९९८ मा प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको संरक्षकत्वमा गठित सोसाइटीका हालका संरक्षकमा जुन हिलारी रहनुभएको छ । सोसाइटीले ‘गोरखा भूकम्प’का बेला नेपालमा मानवीय सहयोग पनि गरेको थियो । 

Related News