​ प्रहरीको गम्भीर बदमासी, एसपीसहित तीन प्रहरी कारबाहीमा

दाङ, २७ भदौ । 
पक्राउ गरेपछि कुटपिटपछि मृत्यु भएका व्यक्तिलाई मृत अवस्थामा भेटेको भनेर प्रहरीकै एसपीले नै जालझेल गरेको खुलेको छ । दाङकी प्रहरी प्रमुख एसपी दुर्र्गा सिंहले यस्तो गरेकी हुन् । बदमासी पत्ता लागेपछि उनीसहित तीन प्रहरीलाई कारबाही अघि बढाइएको छ । 
गत १४ भदौमा प्रहरी नियन्त्रणमा  भुपबहादुर सुनुवारको मृत्यु भएको थियो । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी सिंहसहित   लमही इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्का र थुनुवा पक्षमा ड्युटीमा खटिएका प्रहरी जवानलाई गम्भीर विभागीय कारबाहीको सिफारीस गरेको हो । एसएसपी दिलिप चौधरीका अनुसार अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणकै क्रममा सुनुवारको मृत्यु भएको खुलेको छ तर मृत अवस्थामा भेटिएको भनेर आफुहरुलाई जानकारी दिइएको उनले बताए ।  

घोराही उपमहानगर –१४ का सुनुवारलाई १३ गते घोराही प्रहरीले नियन्त्रणमा लिएको थियो । १४ गते बिहान एसपीको गाडीमा लमही बुझाइएका उनी सोही राति बिरामी भएपछि लमही अस्पताल पु¥याइएको थियो । उनीमाथि कुटपिटको आशंका गरिएको छ । अस्पतालमा इसिजी गर्ने कोही नभएपछि घोराही उपक्षेत्रीय अस्पतालमा ल्याई उपचार गर्ने क्रममा उनको मृत्यु भएको तर, जिल्ला प्रहरीले गलत सूचना प्रसारण गरेको एसएसपी चौधरीले जानकारी दिए ।

Related News