​ प्रहरीमा नौ डिआईजीको दरबन्दी थप

काठमाडौं, ३० पुस।
 धेरैलाई बढुवा गरेर पैसा असुल्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गरेको छ। हचुवाका भरमा शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीमा ५ एआईजी तथा नेपाल प्रहरीमा ९  डिआईजीको दरबन्दी थप गरेको हो। 
अनाबश्यक रुपमा नेपाल प्रहरीको डिआईजी थप भएको हो। प्रधानमन्त्रीले ठाडोे प्रस्ताव लगेर दरबन्दी थप गरेका थिए। 
प्रदेशमा डिआईजी खटाउन भन्दै दरबन्दी थपिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री निकट व्यक्तिहरुले धेरैलाई बढुवा गर्ने भन्दै आर्थिक चलखेल गरिरहेका छन्। त्यहीकारण दरबन्दी थप भएको हो। 
संघीयताको गृहकार्य नभई ओएनएम सर्वे नभई भएको दरबन्दी थपले प्रहरी संगठन सुन्निदै गएको छ। माथिल्लो तहमा धेरै पद र तल्लो तहमा थोरै हुँदा संगठनको चेन अफ कमाण्ड नै बिग्रदै गएको छ। 
त्यसमा पनि कामचलाउ सरकारले यसरी जभाभावी निर्णय गर्नुमा आर्थिक चलखेल बाहेक अरु कारण नभएको प्रहरी अधिकारीहरु बताउँछन्। 

Related News