​एसएसपी लोहनी र डिएसपी राउत उच्च अदालतमा

दृष्टि न्यूज

काठमाडौं, २८ जेठ।
 सुन तस्करी प्रकरढामा जेल चलान भएका नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेश लोहनी र डिएसपी सञ्जयबहादुर राउतले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका हुन्। साधरण तारेखमा छाड्न माग गर्दै उनीहरुले निवेदन दिएका हुन्। 

हाल सुनसरीको झुम्का कारागारमा बन्दी रहेका लोहनी र राउतले मुलुकी ऐन अदालती बन्दोबस्तीको नियम १७ बमोजिम जिल्ला अदालतको आदेश बेरीतको भएकाले खारेजीको माग गर्दै निवेदन दर्ता गराएको उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

दालती बन्दोबस्तीको नियम १७ अनुसार उच्च अदालतले जिल्ला अदालतको आदेश बेरीतको ठहर गरेमा पुर्पक्षमा रहेका अभियुक्तलाई धरौटी वा साधरण तारेखमा छाड्न सक्छ। वा जिल्ला अदालतकै आदेश सदर गर्न पनि सक्छ। 

सुन तस्करी प्रकरणमा नौ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो। पूर्व डिआईजी गोविन्द निरौला तथा बहालवाला प्रहरी अधिकारीहरु 

 एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल , हवल्दार अम्बर थापा र जवान विष्णु खड्कालाई मुद्दा दायर गरिएको थियो। उनीहरुमध्ये हवल्दार थापा र खड्का छुटे्का छन् भने अरु जेल चलान भएका छन्। 
सनम शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेकै आधारमा एसएसपी लोहनी लगायतलाई मुद्दा दायर गरिएकोमा धेरैले प्रश्न उठाउँदै आएका छन्। उनी प्रहरीका इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन्। मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गर्न २ करोडको डिल गरेर अन्डरकभर अप्रेसन गरेको आधारमा हचुवाका भरमा उनलाई अभियुक्त बनाइएको थियो। 

Related News