​नेपाल प्रहरीमा ११ डिआइजीको बढुवा

दृष्टि न्यूज

काठमाडौं, २८ असोज । 
नेपाल प्रहरीका ११ जना डिआईजीको बढुवा भएको छ । बढुवा भएकाहरुले आइतबार फुली लगाएका छन् । 
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनीहरुलाई फुली लगाइदिएका हुन् । गत २० असोजमा बसेको बढुवा समितिको सिफारिसमा उजुरी नपरेपछि ११ जनाको बढुवा भएको हो । 
बढुवा हुनेहरुमा बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी लम्साल, शैलेस थापा क्षत्री, हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय छन् । 
फूली लगाउने कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले केही घटनामा प्रहरीको कमजोरीलाई लिएर संगठनलाई नै बदनाम गराउने काम भएको भन्दै सबै मिलेर संगठनको छवी चम्काउनुपर्ने बताए । त्यसका लागि सबैको सहयोग चाहिएको उनको भनाई थियो । 


Related News