आर्थिक सुचकांकहरु खराव हुँदै

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक बर्षको पुस मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गर्दै अर्थतन्त्रका सूचांकहरु चुनौतिपूर्ण बन्दै गएको तथ्य उजागर गरेको छ । 
केन्द्रीय बैंकले सोमवार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा आर्थिकबृद्धिदर ७.२ प्रतिशत पुरा नहुने, व्यापार घाटा पाँच खर्ब नजिक पुग्नु, रेमिट्यान्सको बृद्धिमा ह्रास हुनु, देशको चालु खाता समेत घाटामा गएको तथ्य उजागर गर्नुले नेपालको अर्थतन्त्रका सूचनाहरुबाट ढुक्क हुने अवस्थामा नभएको देखिएको छ । 
गत वर्षको सोही समीक्षा अवधीमा ४० अर्ब वचतमा रहेको नगद प्रवाह अन्तर्गतको सरकारी सरकारी बजेट अहिलेको समीक्षा अवधीमा ३५ अर्ब ४७ करोड घाटामा गएको देखिएको छ । चालु आवको छ महिनामा आयात बढेर पाँच खर्ब ३४ अर्ब १६ करोड पुगेको तर, निर्यात जम्मा ४१ अर्बको मात्रै भएको छ । थोरै मात्रामा निर्यात गर्ने नेपालको कृषि उत्पादनमाथि भारतले विभिन्न बाहनामा पु¥याउँदै आएको अबरोधका कारण अलैची र अदुवाले उचित मूल्य पाउन सकेका छैनन् । 
नेपालको अर्थतन्त्रको सबैभन्दा बलियो खम्वाको रुपमा रहेको रेमिट्यान्सले समेत अब साथ दिन छोड्ने संकेत देखिएको छ । रेमिटेन्सको बृद्धिदरमा ह्रास आउँदै चालु आवको छ महिनामा तीन खर्ब ४० अर्ब ५४ करोड भित्रिएको छ । त्यस्तै समीक्षा अवधीमा विदेशी विनिमय सञ्चिती (विदेशी मुद्रा) पनि १.१ प्रतिशतले घटेर १०६७ अर्ब ३४ करोडमा सीमित हुन पुगेको छ, जुन अर्थतन्त्रको लागि चिन्ताको विषय बन्न पुगेको छ । चालु आवको छ महिनामा अर्थतन्त्रमा धेरै नै खराव सूचांकहरु देखिनुमा वर्तमान सरकारले गरेको मनपरि खर्च तथा बजेट रकमान्तर तथा पुँजिगत बजेट न्यून मात्रामा खर्च हुनु मुख्य कारक रहेका छन् । राज्यकोषमा अनियमितताा हुनु, पुँजिगत खर्च न्यून हुन इत्यादि कारण रहेको अर्थविदहरुको भनाई छ । नयाँ सरकारले नयाँ बजेटमार्फत अर्थतन्त्रमा सुधारका टुल्सहरु प्रयोग गर्नेपर्ने सुझाव अर्थविदहरुको छ । 

Related News