​१९१ को लक्ष्य पछ्याउदै नेपाल

काठमाडौं, ५ साउन 
एसिसी यू–१९ बिश्वकपको छनोट खेलमा नेपालले जवाफी ब्याटीङ सुरु गरेको छ । तेस्रो खेलमा अफगानिस्तानले नेपाललाई १९१ रनको लक्ष्य दिएको थियो । 
सिंगापुरमा जारी प्रतिस्पर्धामा अफगानिस्तानलाई नेपालले २ बल बाँकी रहदा १९० रनमा अलहाउट गरेको थियो । प्रतिस्पर्धामा बलियो टिम मानिएको अफगानिस्तानले बलियो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यानलाई नेपाली बलरले सस्तैमा अलआउट गरेका थिए । 
नेपालका तर्फबाट साहब खानले सर्वाधिक ३ बिकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछाने र पवन सर्राफले २÷२ विकेट लिए । बलियो बलियो रहेको नेपाली टिम ब्याटीङमा भने कमजोर छ । नेपालले यसअघि सिंगापुर र मलेसियलाई हराइसकेको छ । प्रतिस्पर्धामा सहभागी चार राष्ट्रमध्ये अंक तालिकमा पहिलो नम्बरमा रहने बिश्वकपका लागि छनोट हुने छ । जसकारण अफगानिस्तानलाई नेपालले हराउनै पर्ने अवस्था छ । जवाफी ब्याटीङमा ७.१ ओवरमा २ विकेट गुमाएर १२ रन बनाएको छ । 

Related News