नेपालद्वारा केन्या पराजित

विश्वकप खेल्ने अवसर पुनर्जिवित

दृष्टि न्यूज

काठमाडौं, २९ माघ । खराव प्रदर्शनका कारण घटुवा भएर डिभिजन टू मा झरेको नेपाल पुनः डिभिजन वानमा बढुवा हुने बढेको छ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत सोमबारर केन्यालाई तीन विकेटले पराजित गरेपछि नेपाल विश्वकप खेल्ने राष्ट्रको रुपमा छनौट हुने सम्भावनालाई पुनर्जिवन दिन सफल भएको छ । 
यसअघिको छनौट खेलमा नेपालको खराव प्रदर्शनको कारण डिभिजन टूमा घटुवा हुँदै विश्वकप छनौट चरणबाट बाहिरिन पुगेको थियो । सोमवारको खेलमा नेपालले केन्यामाथि ३ विकेटको जित हात पारेको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई केन्याथले १७८ रनको लक्ष्य दिएको थियो । रोमाञ्चक खेलमा नेपालले ३ बल बाँकी छदा लक्ष्य भेट्टाएर विश्वकपमाथि आफ्नो दावी प्रस्तुत गरेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।
नेपालको सुरुवात निकै खराव भएपनि विस्तारै खेललाई लयमा फर्काउन सफल हुँदा जित हासिल  गर्न सफल भएको हो । १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरेका थिए । त्यस्तै  तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे । ४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लिन पुगेको थियो । झण्डै झण्डै पराजय चाख्न पुगेको नेपालका तर्फबाट सोमपाल, आरिख सेख र रोहित पौडेलको महत्वपूर्ण भूमिकासँगै जित हासिल भएको थियो । 
यसअघि पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडेर नेपाललाई चुनौति दिएका थिए । पहिलो खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएर कडा चुनौति दिएका थिए ।

Related News