कांग्रेस नेता पौडेल समुहको काठमाडौंमा गोप्य भेला

दृष्टि न्यूज

काठमाडौं । 
नेपाली कांग्रेसको पार्टीमा लामो समय संस्थापन पक्ष भनेर चिनिएका रामचन्द्र पौडेल समुहको राजधानीमा आज छुट्टै भेला आयोजना गरिएको छ । काठमाडौंस्थित महामन्त्री डा शंशाक कोइरालाको संयोजनमा महाराजगन्जमा जारी बैठकमा देउवा समुहलाई तह लगाउने नयाँ उपायको सम्बन्धमा छलफल जारी छ ।

पछिल्लो समय उत्पन्न भएको नेपाल विद्यार्थी संघको विधानलाई लिएर पार्टीमा विवाद, लगायतका विषय बस्तुमा केन्द्रीत भएर छलफल भएको बताइएको छ । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत, नविन्द्र्रराज जोशी, अर्जुननर सिंह केसी, धनराज गुरुङ, दिलबहादुर घर्तीलगायतका नेताहरु सहभागी रहेको सूत्रले जनायो । 

Related News