​एश्वर्यको टिजर सार्वजनिक

कठमाडौं । नेपाली चलचित्र ऐश्वर्यको टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रको गुणस्तरियतासंगै द्वन्द समेत देखाइएको छ । हलमा ‘ए मेरो हजुर २’ संगै टिजर हेर्न पाउइनेछ । सार्वजनिक गीत ‘तिमि रोएको पल’ मार्फत चर्चामा आएको चलचित्रलाई टिजरले थप हाईप दिने विश्वास निर्माण पक्षको रहेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको यसगीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् । 
चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।  निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ । प्रस्तुतकर्ता रमेश उप्रेतीले भने ‘हामी कार्तिक ९ मा आउदैछौ । फिल्म ऐश्वर्यलाई म र मेरो टीमले स्टाइलिस बनाउन खोजेका छौ ।’त्यस्तै लेखक दिवाकर भट्टराईले ‘ड्रिम्समा एसोसियट निर्देशक भएर काम गरिसकेपछि मेरो निर्देशनमा आउने नेक्स्ट फिल्मले दर्शकलाई निराश बनाउनु हुदैन भन्ने सोचाइ हो । जसलाई यो चलचित्रले पुरा गरे जस्तो लाग्छ ।’

Related News