​नेपाली फुटबलमा गणेश थापाको शासन अन्त्य, शेर्पा बिजयी

दृष्टि न्यूज

काठमाडौं, वैशाख २२ ।
नेपाली फुटबलमा गणेश थापा युगको अन्त्य गर्दै उनका अलोचक कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा विजयी भएका छन्। 
शनिबार ललितपुरमा भएको चुनावबाट  उनीप्रतिस्पर्धि मणी कुँवरलाई ५१ मतले हराउँदै अध्यक्षमा विजयी  भएका हुन्। 
 शेर्पाले ६३ र कुँवरले १२ मत पाएको निर्वाचन समितिले जनाएको छ । कुँवर थापा प्यानलका उम्मेदवार थिए। 
 शेर्पा समुहले उपाध्यक्ष सहित बहुमत सदस्यमा पनि जीत हात पारेको छ । एन्फाको उपाध्यक्षमा  पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णवहादुर थापा र वीरबहादुर खड्का विजयी भएको निर्वाचन समितिले जनाएको छ । चारैजना कर्मा नेतृत्वको प्यानलबाट उम्मेद्वार थिए । नेम्वाङले ६१  सिहंले ५८  थापाले ५२ र खडकाले ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । ४ जना उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए । 
यस्तै, नयाँ कार्यसमितिका ११ जनै सदस्यको नाम पनि टुंगो लागेको छ । जस अनुसार दावा लामा ९५६०  दिनेश ब्यन्जनकार ९५५० दीर्घबहादुर केसी ९५५०, पूर्णमान चित्रकार ९५५०, बिजय घले, ९५३० निरोज खड्की ९५२०,  किरण राइ ९५००,  मधुसूदन उपाध्याय ९४८०, प्रदेशसिंह राठोर ९४८०, रत्नकुमार श्रेष्ठ ९४८०  रबिन्द्रनाथ श्रेष्ठ ९४२०  विजयी भएका छज् ।
११ जनाको लागी २९ जना उम्मेद्वार थिए । महिला सदस्यमा यसअघि नै पेम्बा लामा निर्बिरोध  भएकी थिइन्।  
यसअघि लामो समय एन्फा गणेश थापाको स्वार्थमा चलेको थियो। एन्फाभित्र ब्यापक भ्रष्टाचारका कारण उनी बदनाम भएका थिए। उनीबाट आजित भएका फुटबलकर्मीहरुले उनको टिमलाई पराजित गरेका छन्। 

Related News