लेखक संघद्वारा शिक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं, १९ पुस । नेपाली लेखक संघले शिक्षा क्षेत्रमा भएका पछिल्ला परिवर्तनहरूलाई आत्मसात् गर्ने विषयमा शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ । 

संघका अध्यक्ष श्रवण मुकारुङले प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका पछिल्ला परिवर्तनहरूलाई विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रमहरुले आत्मसात् गर्न नसकेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘हामीले केही महिनाअघि शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएका थियौं । शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले हामीले बुझाएको ज्ञापनपत्रमाथि छलफल अघि बढाएको कुरा सुन्नमा आए पनि त्यसपश्चात उक्त उक्त विषयमा मन्त्रालय र विश्वविद्यालयले के कति काम गरे ? र बाँकी प्रक्रिया के कसरी अगाडि बढढ्दै छ भन्ने जानकारी प्राप्त भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ हामीले उठाएका मुद्दाहरु कहिले र कसरी सम्बोधन हुँदै छन् भन्ने कुराको यथाशीघ्र आधिकारिक जानकारी गराउन सम्बन्धित पक्षलाई अपिल गर्दछौं ।’ 

सिर्जना कर्मका माध्यमबाट मानवीय मूल्यको संरक्षण तथा सामाजिक लोकतन्त्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको यस संस्थाले देशको शैक्षिक जगतलाई पनि नजिकबाट नियाल्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।  

Related News