​प्रधानसेनापति क्षेत्री तीन दिने पाकिस्तान भ्रमणमा

दृष्टि न्यूज

काठमाडौं, ३० बैशाख । 
नेपाली सेनाका प्रधानसेनापति तीन दिने औपचारिक भ्रमणको क्रममा पाकिस्तान जाने भएका छन् । 
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको दुई दिन नेपाल भ्रमण सकिएको तीनदिन भित्रै नेपाली सेनाका प्रमुख पाकिस्तान भ्रमणमा जान लागेका हुन् । पाकिस्तान आर्मड फोर्सका प्रमुख जुुबैर मोहम्मदको नियमन्त्र निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले यही जेठ १ गतेदेखि ३ गतेसम्म तीन दिने औपचारिक भ्रमण गर्न लागेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
तीन दिने औपचारिक भ्रमणको लागि बैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा द्धिपक्षिय हित र चासोका बिषयमा छलफल हुने सेनाको भनाई छ । 
यसैबीच, कामु प्रधानसेनापतिको जिम्मेवारी पूर्णचन्द्र थापाले पाएका छन् ।

Related News