​दुई दलाल कम्पनीमाथि कारोबार रोक

दृष्टि न्यूज

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्जले दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक लगाएको छ । एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं १७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५)को कारोबारमा रोक लगाइएको हो । 
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ती कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो । बोर्डको नियमअनुसार ०ं६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ । नेपाल धितोपत्र व्यवसायी नियमावाली २०६४ को नियम ३२ अनुसारको दस्तुर बुझाउन अटेर गरेका कारण कारोबारमा रोक लगाइएको स्टकले जनाएको छ । 

Related News