नवाैं गणतन्त्र दिवश मनाउँदैछ नेपाल

१५ जेठ, २०७३ साल । अाज मुलुक नवाैं गणतन्त्र दिवश मनाउँदैछ । नाै वर्षअघि अाजकै दिन नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियाे । त्यसैकाे सम्झना र सम्मानमा हामी जेठ १५ गते गणतन्त्र दिवश मनाउँछाै । यसै क्रममा अाज स्वदेश तथा विदेशमा नवाैं गणतन्त्र गणतन्त्र दिवस मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सरिक हुनेछिन्। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्रीकाे पनि सहभागिता रहने छ । राष्ट्रपति भण्डारीले नवाैं गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गरेकी छिन् । विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । रेडियो नेपाल लगायत विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवससँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने छन् । गणतन्त्र दिनकै अवसर पारेर प्रत्येक वर्ष जेठ १५ गते नै आगामी आवको आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । व्यस्थापिका–संसद्को शनिबारको अपराह्न ४ बजे बस्ने बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नेछन् । 

Related News