राजधानीमा खुल्यो नयाँ नाटक घर

दृष्टि न्यूज

काठमाडौ, ८ फागुन । राजधानीमा मंगलबार देखि नया नाटक घरको प्रारं्रभ भएको छ । सो नाटक घरको शताब्दि पुरुष सत्यमोहन जोशी, नेकपा एमालेका नेता एवं  साहित्यकार प्रदिप ज्ञवाली र कुञ्ज नाटक घरका अध्यक्ष कमल ढकालले सयुक्त उदघाटन गरेका छन् ।  
कुञ्ज नाटक घरमा मंगलबार देखि लू सुनको ‘म्याड म्यान्स डायरी’ प्रारम्भ पनि भएको छ ।  बानेश्वर  थापागाउ सिडियोटोल स्थित सो नाटकघरमा पहिलो मञ्चन भएको ‘म्याडम्यान्स डायरी’ नाटक फागुन १६ गते सम्म  संचालन हुने छ । सो नाटक घरको उदघाटन गर्दे जोशी र ज्ञवालीले रमणीय लेखन कुञ्जमा विभिन्न बिधा संगै नाटक पनि संचालन प्रारंभ हुनु आफैमा ऐतिहासिक भएको बताउनुभएको छ । घोष्ट राईटिङ नेपाल र कुञ्ज थियटरको संयुक्त सहकार्यमा उनाइसौं शताब्दीका विश्वप्रसिद्ध चिनियाँ लेखक लू सुनको ‘म्याड म्यान्स डायरी’ नाटक प्रारंभ भएको छ । 
चे शंकरको निर्देशनमा सुदाम सिकेले अभिनय गरेको सो नाटकमा  त्यतिबेलाको समयमाजनतामा सामाजिक, राजनीतिक चेतना विकास गराएको   नाटक अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको सहभागीहरुले पनि बताएका छन  । नाटकले  सर्वसाधारण मानिसहरु राज्य, कानुन, सँस्कृतिबाट कसरी प्रताडित भएका छन मान्छेको मासु नखाएपनि  मानिसहरुलाई उनीहरुको दैनिकीचलाउनतथा स्वतन्त्राको अधिकारमाथि कसरी दमन हुने गरेको छ भन्ने सन्देश दिएको छ ।

Related News