​बैंकको घरजग्गा कर्जामा नयाँ प्रावधान

काठमाडौं,३२ साउन । 
घरजग्गा कर्जामा नेपाल राष्ट्र बैंकले नयाँ प्रावधान लागू गरेको छ । 
 एकीकृत निर्देशिकामार्फत  व्यक्तिगत आवसीय घरमा उपलब्ध गराउने कर्जाको सीमालाई  बढाएर १ करोड रुपैयाँको सीमालाई बढाएर १ करोड ५० लाख रुपैयाँ पु¥याएको  छ  । आवासीय घर कर्जाको धितो मूल्यांकनलाई ६० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा  झारिएको छ । जसअनुसार घर बनाउन बैंकबाट पहिलेभन्दा थोरै मात्र कर्जा पाउनेछन् ।  सर्वसाधारणले १ करोड रुपैयाँको घर किन्दा बैंकबाट ५० लाख मात्रै ऋण पाउनेछन् । यद्यपि, उपत्यकाबाहिरका लागि भने यस्तो धितो मूल्यांकन ६० प्रतिशत नै कायम राखिएको छ । उपत्यकाबाहिरका सर्वसाधारणले १ करोडको घर किन्न ६० लाख रुपैयाँ ऋण पाउनेछन् । राष्ट्र बैंकले मंगलबार जारी गरेको उक्त कर्जा बुधबारदेखि लागू भएको छ । 

Related News