सनराइजर्स हैदराबाद बन्याे नयाँ अाइपीएल च्याम्पियन

भारतमा जारी अाइपीएलकाे नवाैं संस्करण सनराइजर्स हैदराबादले जितेकाे छ । बंगलरूकाे चिन्नास्वामी स्टेडियममा स्थानीय टिम राेयल च्यालेन्जर्सलाइ ८ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले भीपाे अाइपीएल ट्रफी उतारेकाे छ । टस जितेर पहिलाे ब्याटिङ राेजेकाे  सनराइजर्स हैदराबादले २० अाेभर खेल्दै २०८ रन बनाएकाे थियाे । यसका लागि कप्तान डेभिड बर्नरले क्पाप्टेन नक खेल्दै ३८ बलमा ६९ रन बनाए । उनका लागि शिखर धवनले २८, युवराज सिंहले ३८ र कटिङले ३९ रन बनाएका थिए । २०९ रन पछ्याउन अाएकाे राेयल च्यालेन्जसर्सले पनि धुवाधार सुरूवात गर्याे । सुरूवाती खेलमा नचलेका गेलले ३८ बलमा ७६ रनकाे पारी खेले भने कप्तान विराट काेहलीले पनि ३५ बलमा ५४ रनकाे पारी खेले । तर, २०९ रन चेस गर्दा डिभिलियर्स र वाट्सन नचल्द्दा राेयल च्यालेन्जर्स ८ रनले हार्याे 

Related News