कोलम्बियामा पुनः शान्ति सम्झौता

काठमाडौं, १० मंसिर । कोलम्बिया सरकार र उक्त मुलुककै ठूलो विद्रोही समूह फार्कबीच पुनः शान्ति सम्झौता भएको छ । अघिल्लो सम्झौता अक्टोबर २ तारिखमा कोलम्बियाली जनताको लोकप्रिय भोटबाट अस्वीकृत भएको थियो । यससँगै पाँच दशको सशस्त्र द्वन्द्व अन्त्य हुने अपेक्षा गरिएको बीबीसीले जानकारी दिएको छ । उक्त अवधिमा २ लाख ६० हजारभन्दा बढी व्यक्ति मारिएका थिए भने लाखौं विस्थापित भएका थिए । 

Related News