नयाँ वर्षमा राष्ट्रपति–उपराष्ट्रपतिको शुभकामना

दृष्टिन्यूज
काठमाडौं १ बैशाख ।
नेपालीहरुले मनाउने नयाँ वर्ष अर्थात २०७५ सालको पहिलो दिनको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्द बहादुर पुनले देशबासीको नाममा शुभकामना सन्देश दिनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार विहानै जारी गर्नु भएको सन्देशमा देशलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको उल्लेख छ । राष्ट्रपति भण्डारीले देश समृद्ध बनाउने दायित्व आम नेपालीको भएको भन्दै सकेको योगदान गर्न आग्रह गर्नुभएको छ । 
राष्ट्रपति भण्डारी जारी सन्देशमा भनिएको छ, ‘देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्ध बनाउने दायित्व आम नेपालीको हो ।’
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नयाँ वर्ष २०७५ को देश÷विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिनु भएको छ । नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा उपराष्ट्रपति पुनले लिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनद्वारा शुभकामना सन्देशमा राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै प्रत्येक नेपाली नागरिकको आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख छ । 

Related News