बागमती सफाईमा हवाई सुन्दरीको साथ

काठमाडौं १८ भाद्र । बागमति सरसफाई अभियानको २२५ औं हप्ताको कार्यक्रममा विभिन्न संघसंस्थाका हजारौ हातहरुसंगै रातो पहिरनमा सजिएका सुन्दरीहरुले पनि साथ दिएका छन् । सिनामंगलस्थित बागमति पुलसंगै रहेका खोलाको आसपासमा रहेको ५ टन फोहोर संकलन गर्नमा वागमति सम्यता अभियन्ताहरु नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीलाई ति सुन्दरीहरुले पनि साथ दिएका हुन । 

सिजन मिडियाद्धारा आयोजीत मिस एयर होस्टेस २०१७ मा सहभागी ४० जना प्रतियोगीहरु पनि सहभागी भई वागमति सफाईमा सहयोग गरेका थिए । एयर होस्टेस सुन्दरीहरुलाई सामाजिक कर्तव्य र समाज प्रतिको उत्तरदायित्वको वारेमा जनकारी साथै ज्ञान हासील होस भन्ने उदेश्यले वागमति सफाई कार्यक्रममा सहभागी गराइएको थियो । सो आगामी महिना असोज २ गते प्रज्ञा भवनमा अन्तिम प्रतिष्पर्धा हुनेछ । 

विभिन्न तालिम सेन्टरमा एयरहोस्टेस सवन्धी तालिम लिइ रहेका र लिइ सकेका युवतीहरुलाई मध्य नगर राखी उनीहरुको विमान परिचारीका वन्ने सपना पुरा गर्ने उदेश्यका साथ आयोजना गरिएको यस प्रतियोगीतको विभिन्न तालिमहरु कमलादीको सिडव्लु पाटी प्यालेसमा विभिन्न तालिमहरु दिइदै आइरहेको कार्यक्रम संचालक प्रदिपराज वन्त वताए  । 

विषेस गरेर आत्मविस्वास को क्षमता,पर्सनालीको विकास र नेतृत्वदायी भुमीका खेल्न सकोस भन्ने हेतुलेनै यस्ता कार्यक्रमहरु सिजन मिडियाले निरन्तर रुपमा गर्दै आएको छ र यो मिस एयरहोस्टेसको चौथो संस्करण पनि हो ।

Related News