​नयाँ नोट साट्नेको भीड | (कहा–कहाँ साट्न पाइन्छ, नयाँ नोट ?)

दृष्टि न्यूज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा आइतबारबाट उपलब्ध गराएको छ । यससँगै नयाँ नोट साट्नेको भीड देखिएको छ ।  
आइतबारबाट सुरु भएको नयाँ नोट सटही २९ गतेसम्म हुनेछ ।  दशैका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा ल्याएको हो । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरको जनकपुर, बिरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी कार्यालयहरु, नोटकोष रहेका बाणिज्य बैंकहरु, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नोट सटही गर्न सकिने राष्ट्र बैंकले भनेको छ । 

५, १०, २०, ५० दरका दुई— दुई पाकेट र १०० दरका एक पाकेट गरी एकजनाले अधिकतम २७ हजार रुपैयाँसम्म सटही गर्न सक्नेछ । नेपाल बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरमा नयाँ नोट सटहीको सुविधा छ । 
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु  सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी, बालाजुमा पनि नोट सटहीको सुविधा छ । साथै, कृषि विकास बैंकको शाखा कार्यालयहरु  गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिने जनाइएको छ ।  तस्बिर : रातोपाटीबाट

Related News