​एनजिओ र आईएनजिओले समाजमा खेतीपाती गरेः उपप्रम पोखरेल

दृष्टि न्यूज

काठमाडौं ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकासका लागि सबै राजनीतिक पार्टी एकजुटु हुनुपर्ने बताउँदै एनजिओ र आईएनजिओले समाजमा खेतीपाती मात्रै गरेकोले समस्या झनै बढेको बताएका छन् ।
जनकल्याण सामाजिक केन्द्रले शनिवार राजधानीमा आयोजना गरेको ‘समुदाय विकासमा स्थानीय निकाय एवम् सामाजिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रियामा उपप्रधानमन्त्री पोखरेलले एनजिओ र आईएनजिओ समाजलाई गलत दिशातर्फ अघि बढाउन गरेको आशंका व्यक्त गरेका छन् । स्थानीय जनप्रतिनिधिहले राम्रो काम गरेको भएपनि एनजिओ र आईएनजिओले खेतपाती गरेको आरोप लगाएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले राजनीतिक लडाईँको आधार पुरा हुँदै गएको भन्दै अब विकास, निर्माण र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको उल्लेख गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुद्दामा परी अभियोग लागेकालाई सरकारले छुट नदिने भन्दै सार्वजनिक सम्पत्ति रक्षाका लागि जनता चट्टान भएर उभिनुपर्ने बेला आएको बताए । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समुदायमा भएको विकृति, विसंगति अन्त्यका लागि समुदायका साथमा प्रहरी सँगसँगै अगाडि बढ्ने बताए । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको विकासमा जनप्रतिनिधिका साथै स्थानीय जनताको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताए ।  

Related News