एनआईविएल क्यापिटल मार्केट्स पाँचौ बर्षमा


काठमाडौं, १६ साउन । एनआईविएल क्यापिटल मार्केट्स लि.ले आफ्नो स्थापनको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा हालसम्म हासिल गरेको उपलब्धि तथा कम्पनीको पछिल्लो अवस्थाबारे स्पष्ट पारेको छ । 
नेपाल इन्भेष्टमेन्ट बैंक लि.को सहायक कम्पनीको रुपमा २०६९ साल साउन १५ गते कारोबार शुरु गरेको यस संस्थाले मर्चेन्ट बैकिङ था सामुहिक लगानी कोष अन्तर्गत कोष व्यवस्थापनको कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । यस कम्पनीले निक्षेप सदस्यको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लि. बाट समेत स्वीकृति प्राप्त गरेको छ । 
यस संस्थाले बैंक, बीमा, होटल लगायत ट्रेडिङ कम्पनी गरी जम्मा ३० वटा संस्थाका करिव ५,७२,३०० शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पु¥याउँदै आएको छ भने सामुहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड—१ र एनआईबिएलप्रगति फण्ड गरी जम्मा २ वटा बन्दमुखी योजनाहरु संचालन गर्दै आइरहेको छ । निकट भविष्यमा सामुहिक लगानीकोष अन्तर्गत खुलामुखी योजना संचालन गर्ने, आफूले प्रदान गर्दै आइरहेका सेवाहरु देशका विभिन्न जिल्लाहरुबाट उपलब्ध गराउन शाखा कार्यालयहरु विस्तार गर्ने, एस क्यापिटललाई प्राप्ति गर्ने तथा संस्थागत परामर्शदाताको कार्यहरु समेत शुरु गर्ने लक्ष्य राखेको छ ।
एनआईविएल क्यापिटलले निक्षेप सदस्यहरुमा अग्रणी स्थानमा रही एक लाखभन्दा बढी हितग्राही खाता सञ्चालन गर्दै ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । 
संस्थाले आफ्नो मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत मर्चेन्ट बैंकिङ तथा निक्षेप सदस्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ । एनआईबिएल क्यापिटल, नेपालको धितोपत्र बजारको लागि एकीकृत मोबाईल एप सार्वजनिक गरी प्रयोग गर्ने पहिलो संस्था समेत रहेको छ । उक्त एपबाट निक्षेप सदस्यले आफ्नो हिताग्राही खाताको विवरण, म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीहरुले समेत आफ्नो लगानीको विवरण हेर्ने सक्नेछ भने संस्थाको वेभसाइट www.niblcapital.com मार्फत सम्पूर्ण सेवा अनलाइन प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । 
एनआइबीएसलले पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा सस्ंथागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान, लगानी व्यवस्थापन सम्बन्धी सचेतनात्मक कार्यक्रमका अलावा अनाथ बालबालिकाको लागि आर्थिक सहयोग गरेको जनाएको छ । 

Related News