​एनआईसी एसियाको समुन्नति योजना

काठमाडौं, ९ साउन । शून्य मौज्दातमा समेत खाता खोल्न सक्ने र मौज्दात रकममा वार्षिक ८ प्रतिशतका दरले ब्याज दिने गरी समुन्नती बचत खाताको नामबाट नयाँ बचत खाताको सुरुवात गरेको एनआईसी एसिया बैंकले अन्य सुविधा यथावत राखी ब्याजदर बढाएर ९ प्रतिशत पु¥याएको छ । बैंक पनि, साथीपनि भन्ने नारामा चलेको यस बैंकले उक्त बचत खातामा तत्काल लागु हुने गरी बचत खातामा अधिकतम ब्याज उपलब्ध गराउने उद्देश्यका साथ अन्य विशेषताहरु यथावत रहने निक्षेपमा ब्याज बढाएको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यो ब्याजदर बैंकिङ क्षेत्रको बचत खातामा प्रदान गरिने ब्याजदरमा सर्वाधिक ब्याजदर रहेको बैंकको दावी छ । विज्ञप्तिअनुसार, यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, निःशुल्क एसएमएस र इन्टरनेट बैंकिङ, दैनिक ५ लाख रुपियाँसम्म एबीबीएस सुविधा ग्राहक पाउँछन् ।
मुलुकभर १ सय १८ शाखा र ३ विस्तारित शाखा मार्फत् बैकिङ कारोबार सञ्चालन गरिरहेको र निकट भविष्यमा थप शाखा सञ्चालन गर्ने उद्देश्य लिएको बैंकले सबै शाखामार्फत् समुन्नति बचत खाताको योजनामा समाहित हुन सकिने प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।

Related News