​एनआइसी एसियाको शाखार बैंकिङ सेवा

काठमाडौं, २७ भदौ । सरल बैंकिङको लागि प्रतिबद्ध रहेको एनआइसी एसिया बैंकले ग्रामिण तथा दुर्गम जिल्लाका जनतालाई सहज रुपमा बैंकिङ सेवा प्रवाह गर्नको लागि शाखारहित बैकिङ सेवा सुरु गरेको छ । ग्रामिण क्षेत्रमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने र गाउँगाउँमा वित्तीय पहँुच पु¥याउने भन्दै शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । बैंकले भदौ २३ गते सन्दकपुर गाउँपालिका, देउराली बजार, इलाम र २४ गते बुद्धशान्ति गाउँपालिका, शान्तिनगर गडी गाउँ बजार, झापा र रोङ गाउँपालिका, कुटी डाँडा बजार इलाम जिल्लाबाट तीवटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको जनाएको छ । देउराली बजार शाखारहित बैंकिङ सेवाको सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, शान्तिनगर गडी गाउँ बजारको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल र कुटीडाँडाको रोङ गाउपालिका उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकि) ले उद्घाटन गरेको बैंकले जनाएको छ । 
बैंकले ती शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंक प्रतिनिधिको रुपमा देउराली बजारमा सोमति सुनचिउरी, शान्तिनगर गडी गाँउ बजारमा कमल भट्टराई र कुटीडाँडा बजारमा यादव बराललाई नियुक्ति गरेर कारोबार सुरु गरेको छ । यस सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका बासिन्दाले गाउँमै स्थानीय प्रतिनिधिमार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानिय बासिन्दा लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ । 
शाखारहित बैंकिङ सेवा अन्तर्गत निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने सकिने, रकम पठाउने, मोबाइल रिचार्ज गर्न, टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम जस्ता उपयोगी सेवाको महसुल भुक्तानि गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाका साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बंैक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् । यी तीनवटा शाखा रहित बंैकिङ सेवाहारु सहित यो बंैकले आफ्नो एक सय २० शाखा, चार एक्टेन्सन काउन्टर र ९० एटिएम सञ्जालमार्फत देशभर सेवा दिइरहेको छ । 
यसैबीच, एनआईसी एसिया बैंकले साना तथा मझौला व्यवसाय कर्जा योजना सुरु गरेको छ । व्यवसायिक योजना भएकालाई बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न कर्जा योजना ल्याएको सो बैंकले जनाएको छ । बैंकले न्युनतम ३ लाखदेखि १० करोड रुपैयाँसम्मको कर्जा लगानी योजना सार्वजनिक गरेको छ । यस्तो कर्जामा कम झन्झटिलो हुने पनि बैंकले जनाएको छ । 

Related News