​एनआईसी र रेडक्रस बीच सम्झौता

काठमाडौं, २७ पुस । एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रूपमा रक्तदान अभियान सञ्चालन गर्ने सम्झौता भएको छ ।  
एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गरे । 
सम्झौताअनुसार एनआईसीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रूपमा रक्तदान शिविर सञ्चालन गर्ने अभियानको आर्थिक व्ययभार बेहोर्ने छ भने नेपाल रेडक्रस सोसाइटीले देशभरि रहेका आफ्ना शाखा प्रशाखाको प्राविधिक सहयोगमा रक्त संकलन, भण्डारण र वितरण गर्नेछ । 
यो सहकार्यअनुरूप देशभर १०० भन्दा बढी रक्तदान कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

Related News