​६ ट्वीटर विमान किन्न सरकारसँग निगमले माग्यो ५ अर्ब

दृष्टि न्यूज

काठमाडौं । हालै मात्र दुई वाइड बडी विमान भित्राएका नेपाल वायुसेवा निगमले फेरि एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको जनाइएको छ । उक्त प्रस्ताव पर्यटन हुँदै अर्थ मन्त्रालयमा पुगेको छ । 
अर्थ मन्त्रालयले सहमति दिएपछि विमान किन्न सरकारले निगमलाई ५ अर्ब उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पुग्नेछ । निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार कम्पनीको चुक्तापूँजी २० अर्ब पु¥याउन सरकारसमक्ष प्रस्ताव गरिएको छ । त्यसैअन्र्तगत पहिलो चरणमा ५ अर्ब मागिएको हो । निगमको चुक्तापूँजी हाल ३६ करोड मात्रै रहेको छ । ठूलो कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी थोरै हुँदा वित्तीय जोखिम उच्च हुन्छ । त्यसैकारण चुक्तापूँजी बढाएर त्यसलाई जहाजको संख्या वृद्धिमा लाग्नुपर्ने तर्फ निगम व्यवस्थापन लागेको हो । 
निगमको प्रस्तावमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सकारात्मक बनेका छन् । यसअघि नै अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा ६ अटा ट्वीननटर विमान किन्न निगमलाई सैद्धान्तिक स्वीकृति दिने उल्लेख गरेका थिए । 

Related News