​एनआइसी एसिया बैंकका थप दुई शाखा विस्तार

काठमाडौं, २४ पुस । एनआइसी एसिया बैंकले सिन्धुलीको कमलामाई नगरपालिका सिन्धुलीमाडी र लमजुङको बेँसीसहरमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।सिन्धुली जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले सिन्धुलीमाडी शाखा र लमजुङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बेँसीसहर शाखाको उद्घाटन गरेका थिए ।
शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआइसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकमध्येमा परेको छ ।
दुई ठाउँमा विस्तारित सञ्जालसँगै बैंकका शाखा संख्या १५६, १४१ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर पुगेका छन् । बैंकले सम्भावित बजार क्षेत्रका ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य स्थान पनि चाँडै थप शाखा सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।

Related News