​मतदाताको उत्साहजनक सहभागिताः ६७ प्रतिशत मतदान

काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको आज सम्पन्न निर्वाचनमा ६७ प्रतिशत भन्दा बढी मतदान भएको छ । पहिलो चरणमा भन्दा दोस्रो चरणमा ९ प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले पत्रकार सम्मेलन नै गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ६७ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिएका छन् । बिहीबार ४५ जिल्लाका १२८ वटा प्रतिनिधिसभा र २५६ प्रदेशसभाकालागि निर्वाचन भएको हो ।
पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते सम्पन्न निर्वाचनमा ५८ प्रतिशत मतदान भएको थियो । 

Related News