निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी हुने

दृष्टि न्यूज

कैलाली । कैलालीको धनगढीमा निर्माण तथा हार्डवेयर सामग्री प्रदर्शनी हुने भएको छ । हार्डवेयर व्यवसायी संघ कैलालीको आयोजनामा २४ देखि २७ असोजसम्म प्रदर्शनी हुन लागेको हो ।
संघले आइतबार निर्माण सामग्री उत्पादक र उपभोक्तालाई एउटै स्थानमा भेटघाट गराउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र राठीले प्रदर्शनीले उत्पादकको उत्पादन उजागर गर्नुका साथै उपभोक्तालाई समेत निर्माण सामग्रीबारे जानकारी दिने बताए । उत्पादक र उपभोक्ताबीच भेटघाट हुने भएकाले प्रदर्शनी उत्पादकलाई उपभोक्ताको चाहना र माग बुझ्ने अवसर भएको उनको भनाइ थियो । 
प्रदर्शनीमा ६० वटा स्टल रहने संघले जनाएको छ । स्टलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका निर्माण सामग्री प्रदर्शनीका लागि राखिने संघका महासचिव कुबेर शाहीले बताए ।

Related News