​बिहेको तयारीमा शरद र निशा ?

काठमाडौं, ४ असार 
नायिका निशा अधिकारी र क्रिकेटर शरद अधिकारीबीच विवाह हुने भएको छ । करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । 
स्रोतका अनुसार असार १८ गते उनीहरुबीच काठमाडौैंमा बिहे हुँदैछ । दुवै जना बिहेको तयारीमा जुटिसकेका छन् । उनीहरुको प्रेम सम्बन्धमा केही महिना असमझदारी उत्पन्न भएको थियो । तर, पछि दुवैले गल्ती स्वीकारी फेरी नजिकिएका हुन् । हिन्दु परम्परा अनुसार उनीहरुले बिहे गर्न लागेका हुन् । 

 

Related News