​२४ फागुनदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौं, १० माघ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सातौँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१८’ आगामी फागुन २४ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलाका लागि बुधबारदेखि स्टल बुकिङ खुला गरिएको आयोजकले जानकारी दिए । 
नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह–आयोजनामा क्यालेन्डर इभेन्टका रूपमा मेला आयोजना हुन लागेको हो । 
३०० भन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने मेलामा नेपालसहित सार्क क्षेत्रका मुलुक, चीन, थाइल्यान्ड, मलेसियालगायतका देशको सहभागिता रहनेछ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, एनटिआइएस प्रोडक्टरू रहनेछन् । 
मेला अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टिल, सवारी साधन आदिका छुट्टाछुट्टै स्टल रहनेछन् । 
मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण कडीका रुपमा हेरिएको आयोजकको भनाइ छ ।
मेला अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुनेछ । मेला स्वदेशी र विदेशी गरी करिब २ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ । 
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्ष मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी करिब ३० देखि ४० वटा मेला विभिन्न भागमा आयोजना हँुदै आइरहेका छन् । मेला आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने विश्वास महासंघले लिएको छ ।

Related News