​१० वर्षपछि दुई कोरियाली सैन्य वार्ता

दृष्टि न्यूज

सोल (एजेन्सी) । दक्षिण र उत्तर कोरियाली सैन्यबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार जर्नेलस्तरमा वार्ता सुरु भएको छ । 
स्थानीय सञ्चारमाध्यामले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त वार्ता सुरु भएको अधिकारीहरुले बताएका छन् । 
दुई कोरियाका सैनिक जर्नेल वार्ताका लागि उक्त गाउँमा बिहीबार बिहान १० पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमा यो पहिलोपटक वार्ता भएको हो । 
यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीबीच वार्ता भएको बताइएको थियो । पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर मेजर जनरल किम डो ग्युन बिहीबार बिहान उक्त गाउँमा पुगे । 
त्यसैगरी उत्तर कोरियाको तर्फबाट पनि जनरल आन लक सनले नेतृत्व गरेका छन् । उनीहरुबीच दुई कोरियाको बीचमा सैनिक तहमा समस्या समाधानका लागि यो बैठकको आह्वान गरिएको हो । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गएको मंगलबार सिंगापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाबीच पनि सम्बन्धमा सुधार आएको छ । 

Related News