​आयल निगम शनिबार पनि तेल वितरण गर्दै

दृष्टि न्यूज

काठमाडौं । 
चर्को अभाव भएपछि नेपाल आयल निगमले बिदाको दिन शनिवार समेत इन्धन वितरण गरेको छ । ट्यांकर चालकको हड्तालका कारण असहज बनेको पेट्रोलियम आपूर्ति सहज पार्न नेपाल आयल निगमले शनिबार पनि पेट्रोल र डिजेल वितरण गरेको जनाएको छ । 
शनिबार एकैदिन निगमले उपत्यकामा १७ लाख लिटर पेट्रोल र डिजेल वितरण गरेको जनाएको छ । निगमको थानकोट डिपो प्रमुख भरत रेग्मीका अनुसार शनिबारका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको छ । निगमले उपत्यकामा दैनिक औसत ६ लाख लिटर पेट्रोल र सात लाख लिटर डिजेल वितरण गर्दैै आएकोमा सर्वसधारणको ट्याङ्की रित्तिएकोले थप वितरण गरेको हो । 
अन्य अवस्थामा शनिबार पेट्रोलियम वितरण बन्द हुने भएपनि आपूर्ति सहज पार्न विदाको दिनमा पनि वितरण गरिएको निगमको भनाई छ । ट्याङ्कर चालकहरुको आन्दोलनका कारण अबरुद्ध बनेको इन्धन ढुवानी शनिबारै वार्तामार्फत समस्या हल भई इन्धन ढुवानी सुचारु भइसकेको छ । 

Related News