एनआरएन अमेरिकाको नेतृत्वका लागि घिमिरेको उम्मेदवारी

काठमाडौं, २९ चैत । आगामी मे महिनामा हुने एनआरएन–एनसीसीको बोर्ड अफ डाइरेक्टरमा युवा समाजसेवी विक्रम घिमिरेले उम्मेदवारी दिनुहुने भएको छ । अमेरिकाको केन्तुकी राज्यमा बसोबास गर्दैआउनुभएका घिमिरे अमेरिकाबासी नेपालीहरुबीचमा समाजसेवीका रुपमा चिनिनुहुन्छ । 
गोरखा घर भएका घिमिरे अध्ययनका सिलसिलामा काठमाडौंमा इन्जीनीयरिङ अध्ययन सकिएपछि अमेरिकामा पुग्नुभएको हो । उनले नेपालमा सरकारी सेवा समेतको अनुभव संगाल्नुभएको छ । आफ्नो भन्दा पनि अरुको भलाइका लागि सोच्ने घिमिरे जस्ता युवालाई एनआरएन–एनसीसीको बोर्ड अफ डाइरेक्टरमा नेपालीहरुले निर्वाचनमा जिताउने अपेक्षा गरिएको छ ।  

Related News