​नेविसंघभित्र कुटाकुट, केन्द्रीय नेता पक्राउ

दृष्टि न्यूज

काठमाडौं, २८ असार। 
नेपाल बिद्यार्थी संघ (नेविसंघ)भित्र चर्किएको विवाद कुटाकुटसम्म पुगेको छ। 
 आफ्नै कार्यकर्ता कुटेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता पक्राउ परेका छन्। 
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो। 
बुधबार राति पक्राउ परेका केन्द्रीय सदस्य शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर कारबाही अघि बढाइएको छ। शाही नेबि सघ अध्यक्ष नैनसिंह महरका बिश्वासपात्र मानिन्छन्। उनले अर्काे गुटका कार्यकर्तालाई कुटेका हुन्। 
पक्राउ परेका शाहीलार्ई महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। 

Related News