दूरसंचार प्राधिकरणका अध्यक्ष झाको नियुक्तिपत्र मन्त्रीको खल्तीमा

काठमाडौं, ५ कार्तिक । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पुनर्नियुक्ति भएको समाचार सोमबार अनलाइनहरुमा पोष्ट गर्न लगाए । तर उनले नियुक्तिको पत्र पाएका छैनन् । उनको नियुक्तिको पत्र बोकेर सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकमा चुनावी सभामा भाषण गरिरहेका छन् । अघिल्लो हप्ता कार्तिक २७ को मन्त्रिपरिषद बैठकको माइन्युटमा उनको पुनर्नियुक्तिको निर्णय लेखी सचार मन्त्रालयलाई जानकारी पठाए पनि झाले नियुक्तिपत्र पाएका छैनन् । मन्त्री बस्नेतसँग डिल नमिलेका कारण मन्त्रिपरिषद निर्णय भए पनि उनले मंगलबारसम्म पुनर्नियुक्तिको पत्र पाउन नसकेको संचार मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार झाको पुनर्नियुक्तिको निर्णय क्याविनेटले गरिसकेको छ । तर मन्त्री सिन्धुपाल्चोकमा चुनाव प्रचारमा ब्यस्त भएका कारण मन्त्रालय नआएकाले पत्र उनले पाएका छैनन् । 
संचार मन्त्रालयका अधिकारीले मन्त्री चुनावमा भएकाले पत्र पाउन नसकेको बताए । तर झा र मन्त्रीबीच कमिसनको डिलिङ नमिलेकाले पत्र रोकिएको हो । मन्त्रीले उनको नियुक्तिको पत्र बोकेर हिंडेका छन् । झाले प्रधानमन्त्रीपत्नी आरजु देउवा र मन्त्रीलाई कबोल गरेको रकम बुझाउन बिलम्ब गरेकाले पत्र रोकिएको स्रोतले दृष्टि अनलाइनलाई बताएको छ । दूरसंचार प्राधिकरणको अध्यक्षका लागि मन्त्री बस्नेत र आरजु देउवाले विश्वनाथ गोयल र मधुसुदन कर्माचार्यसँग पनि मोलमोलाई गरेका थिए । ग्रामीण दूरसंचार कोषमा जम्मा भएको १५ अर्ब र अब केही बर्षसम्म जम्मा हुने रकम समेत करिब २० अर्बको अप्टिकल फाइबर र ग्रामीण क्षेत्रका सामुदायिक स्कुल र स्थानीय निकायमा ब्रोडब्यान्डबाट इन्टरनेट सेवा पु¥याउनका लागि ठेक्का दिने काम झाले गरिसकेका छन् । झाले प्राधिकरणको अध्यक्षमा पुनर्निनियुक्तिका लागि ठूलो रकम आरजु देउवा र मन्त्री बस्नेतलाई बुझाएको आरोप छ ।

Related News