हङकङमा ‘न्याउली रोयो’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


काठमाडौं, १६ चैत । दिनेश सुब्बाको संगीत तथा स्वर र टंक सम्बाहङ्फेको शब्द रचना रहेको ‘न्याउली रोयो’ बोलको गीतको  भिडियो सार्वजनिक भएको छ । 

एक वर्षअघि बजारमा आएको गायक तथा संगीतकार सुब्बाको ‘नितान्त’ नामक गीति एल्बममा संग्रहित उक्त गीतको म्युजिक भिडियो गीतकार सम्बाहङ्फेको युट्युब च्यानलमाफत हङकङबाट रिलिज गरिएको हो । यो गीत ड्रिम प्रोजेक्टअन्तर्गत बनेको गीतकारले बताए । नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्षसमेत रहेका सम्बाहङ्फेले भने, “दर्शकहरुले हाम्रो नयाँ म्युजिक भिडियो मन पराउनुहुनेछ किनभने यो गीत आमनेपालीले रुचाइने र जनजीवनमा आधारित छ ।” 

हङकङमा २२ वर्षदेखि नेपाली गीत–संगीतमा समर्पित भएर सेवा गरिरहेका संगीतकार सुब्बा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितामा गायन र संगीततर्फ प्रथम भएका थिए । हिमालय टोन्स म्युजिक एकेडेमी हङकङ सञ्चालन गरी हङकङमा बस्दै आएका उनले संगीत र गायन प्रशिक्षण चलाइरहेका छन् । “यो गीतले दर्शकको मन जित्ने कुरामा हामी ढुक्क छौं किनभने यो गीत नेपालीले भोगेको जीवन कथामा आधारित छ ।”

विशाल भण्डारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा निरन्जन र रेसुको अभिनय छ । म्युजिक भिडियो उत्पादकमा कमला थोप्रा लिम्बु र अनिता सुब्बा छन् ।

Related News