​नवगठित नेकपा केन्द्रीय सदस्यहरुले लिए शपथ

दृष्टि न्यूज

काठमाडौं । 
नेकपा एमाले र माओवादी केन्द्र मिलेर आजैबाट गठन भएको नेपाल कम्युनिष्ट पार्टीका ४४१ जना केन्द्रीय सदस्यहरुले पथ तथा गोपनियताको शपथ लिएका छन् । 
बिहीबार बालुवाटारमा दुवै पार्टीका अध्यक्षहरुले पार्टी एकता घोषणाको पत्रमा हस्ताक्षर गरेपछि औपचारिक रुपमा नयाँ पार्टीको हैसियतमा कार्य प्रारम्भ गरिएको हो । सबैभन्दा पहिले ४४१ जना केन्द्रीय सदस्यहरुले सामूहिक शपथ लिएका छन् । यस पटकको शपथ समेत निकै कडा शब्द प्रयोग गरिएको छ । 


Related News